काठमाडाै । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने सातौँ संस्करणको ट्वान्टी–२० विश्वकपकाे उप–क्षेत्रिय छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को बृहत सहभागिताको नीति अनुरुप कुल ६२ देशले उप–क्षेत्रिय छनौट प्रतियोगितामा सहभागिता जनाउने छन् । सहभागी टोली मध्येका २५ देशले क्षेत्रिय छनौटको फाइनल चरणमा स्थान बनाउने छन् ।
लामो क्षेत्रिय छनौट पार गरेर शिर्ष ७ टोलीले छनौट प्रतियोगिता खेल्नेछन् । यस्तै नेपाल समुह 'बि' मा परेको छ । नेपाल सहभागी समुह 'बि' उप–क्षेत्रिय छनौट (पूर्वी) प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो ।
समुह 'बि' मा नेपाल सहित मलेसिया, भुटान, म्यान्मार, चीन, सिंगापुर, र थाईल्याण्ड रहेका छन् । यस उपक्षेत्रबाट शिर्ष ३ टोली एसियाली क्षेत्रिय छनौट प्रतियोगिताकालागि अगाडी बढ्नेछन् ।
एसियाली क्षेत्रिय छनौट प्रतियोगिताकालागि यसअघिनै एसिया 'ए' उप–क्षेत्रबाट ( पश्चिमी ) युएई, कुवेत र कतार छनौट भैसकेका छन् । एसिया 'बि' उप–क्षेत्रिय छनौट मलेसियामा ३ अक्टोबरबाट सुरु हुनेछ ।
प्रतियोगितामा सबै टोलीले एक अर्कासंग खेल्नु पर्नेछ । नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ मा म्यान्मारको सामना गर्नेछ । पूर्वी र पश्चिमी क्षेत्रको छनौटबाट छानिएका ३ र ३ देशले क्षेत्रीय छनौट प्रतियोगिता खेल्नेछन् ।
उत्कृण्ट २ टिमले टि–२० बिश्वकपको ग्लोबल छनौट खेल्नेछन् । ग्लोबल छनौटमा आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ नम्बरमा रहेका टिम र बिभिन्न क्षेत्रबाट उत्कृण्ट भएर आएका ८ टिमले गरि कुल १४ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालको खेल तालिका
पहिलो खेल – भर्सेस म्यान्मार, अक्टोबर ३
दोस्रो खेल – भर्सेस मलेसिया, अक्टोबर ६
तेस्रो खेल – भर्सेस थाइल्याण्ड, अक्टोबर ७
चौथो खेल – भर्सेस भुटान, अक्टोबर ९
पाँचौ खेल – भर्सेस चाइना, अक्टोबर १०
छैठौं खेल – भर्सेस सिंगापुर, अक्टोबर १२