काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले उत्तम कर्माचार्यको संयोजकत्वमा खेलाडी छनोट समिति गठन गरेको छ ।
क्यानले बुधबार एक विज्ञप्ति निकाल्दै कर्माचार्यको संयोजकत्वमा छनोट समिति गठन गरिएको जनाएको छ ।
कर्माचार्य राष्ट्रिय टिमका पूर्व कप्तान हुन् ।
सन् १९९६ मा कर्माचार्यको कप्तानीमा नेपालले आईसीसी मान्यता प्राप्त पहिलो आधिकारिक प्रतियोगिता एसीसी ट्रफी खेलेको थियो ।
उनी क्यानका पूर्व सदस्य समेत हुन् । यस्तै उनले क्यानको सचिव भएर काम गरिसकेका छन् ।
यस्तै क्यानले संघका उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा क्रिकेट समिति समेत गठन गरेको छ ।
क्यानले दुई समितिका अन्य सदस्यहरु भने आगामी बैठकले थप गर्ने जनाएको छ ।