एजेन्सी । युईएफए नेसन्स लिग फुटबलको पहिलो खेलमा इटाली बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा इटालीलाई पोल्याण्डसंग १ - १ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाएर इटालीले बराबरी खेलेको हो । इटालीलाई जोर्गीन्होले गोल गर्दै हारबाट जोगाएका थिए ।
पिओट्र जिलिन्स्कीले खेलको ४० औं मिनेटमा गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा इटालीका जोर्गीन्होले पेनाल्टीमा गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याउदै इटालीलाई हारबाट जोगाए ।
यो बराबरीसंगै इटाली र पोल्याण्डले पहिलो खेलमा १ - १ अंक पाएका छन् ।
नेसन्स लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा रुसले टर्कीलाई २ - १ ले हराएको छ । यस्तै अल्बानियाले इजरायललाई १ - ० ले स्तब्ध बनायो ।