एजेन्सी । घरेलु टिम अष्ट्रेलियाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ ।
सिड्नीमा शुक्रबार भएको खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको हो ।
अष्ट्रेलियाले दिएको ३ सय ७५ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ८ रन मात्र बनाउन सक्यो ।
भारतका लागि हार्दिक पाण्डयले ९० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् ।
यस्तै शिखर धवनले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा रबिन्द्र जडेजाले २५ रन बनाए ।
कप्तान विराट कोहली २१ रनमा आउट हुँदा मायांक अग्रवालले २२ रन बनाए ।
नाभदिप शैनीले अविजित रहदै २९ रन जोडे ।
अष्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए । जोश हाजलउडले ३ विकेट लिए । मिचेल स्टार्कले १ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रन बनाएको थियो ।
अष्ट्रेलियाको फराकिलो स्कोरमा कप्तान आरोन फिन्च र स्टिभ स्मिथले शतकीय इनिङ्स खेले ।
कप्तान फिन्चले १ सय १४ रनको शतकीय इनिङ्स खेल्दा ९ चौका र २ छक्का प्रहार गरे । फिन्चको यो १७ औं एकदिवसीय शतक हो ।
स्मिथले १ सय ५ रनको शतकीय इनिङ्स खेले । उनको यो १० औं एकदिवसीय शतक हो ।
त्यस्तै डेभिड वार्नरले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा ग्लेन म्याक्स्वेलले ४५ रन बनाए ।
मार्कुस स्टोनिस सुन्य रनमा आउट हुँदा मार्नुस लाबुसेनले २ रन बनाएर आउट भए ।
एलेक्स केरी १७ रनमा अविजित रहदा पाट कुमिन्स १ रनमा अविजित रहे ।
भारतका मोहमद शामीले ३ विकेट लिए । जस्प्रित बुम्राह, नाभदिप शैनी र युभेन्द्र चाहलले १/१ विकेट लिए ।
जितसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
दुई टिमबीचको दोस्रो एकदिवसीय आइतबार हुनेछ ।