एजेन्सी । विश्व फुटबलका महङ्गा स्ट्राईकर नेयमार ब्राजिली राष्ट्रिय फुटबल टिममा स्थायी कप्तान बनेका छन् । मुख्य प्रशिक्षक टिटेले पालैपालो कप्तानी गर्ने परम्परालाई तोड्दै नेयमारलाई ब्राजिली टिमको स्थायी कप्तानको जिम्मेवारी सुम्पिएका हुन् ।
न्यु जर्सीमा अमेरिकाविरुद्ध मैत्रिपुर्ण खेल अगाडी मुख्य प्रशिक्षक टिटेले नेयमाललाई कप्तानमा नियुक्त गरेका हुन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार नेयमारले कप्तानको जिम्मेवारीसंगै ब्राजिललाई नेतृत्व गर्न पाउनु आफ्नालागि सुखद हुने प्रतिक्रिया दिएका छन् ।
नेयमारले पछिल्लो पटक ब्राजिलकालागि रुसी विश्वकपमा प्रतिस्पर्धा गरेका थिए । विश्वकपको क्वार्टरफाईनलमा बेल्जियमसंग पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको थियो ।
२६ बर्षिया नेयमारले चोटबाट मैदान फर्कदै विश्वकपमा दुई गोल गरेका थिए । तर अनावश्यक रुपमा फलको अपिल गर्दै लडेको आरोपमा नेयमारको ठुलो आलोचना भएको थियो ।
कप्तानको जिम्मेवारी दिदै नेयमारले भने, ‘मैले धेरै कुरा सिके । मैले धेरै कुरा सिक्न अझै बाँकी छ । जिम्मेवारी मेरालागि सहि सावित हुनेछ ।’