काठमाडौं । बन्द प्रशिक्षणमा डाकिएका राष्ट्रिय क्रिकेट टिमका खेलाडीको कोरोना (पीसीआर) परिक्षण गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार खेलाडीको पीसीआर परिक्षण गरिएको जनाएको छ ।
क्यानले किर्तिपुरस्थित टियु मैदानमा खेलाडीको स्वाब संकलन गरिएको जनाएको छ ।
खेलाडीसँगै ग्राउण्ड स्टाफ र अफिसियलहरुको समेत कोरोना परिक्षण गरिएको छ ।
क्यानले टिम प्रशिक्षण सुरु गर्नु अघि खेलाडी कोरोना परिक्षण गरेको हो ।
नेपाली टिमको बन्द प्रशिक्षण बुधबारबाट सुरु हुनेछ । क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको छ ।
कोरोना भाईरसको महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण गर्न लागको हो ।
नेपाली टिमले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण गर्नेछ ।
प्रशिक्षणमा बोलाइएका खेलाडीहरु :
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेसावाकर, कारण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललित नारायाण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो, भुवन कार्की
प्रशिक्षक : जगत बहादुर टमटा