काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजरको अन्तर्वार्ता लिएको छ ।
क्यानले आइतबार अन्तिम छनोटमा परेका ७ जनरल म्यानेजरले अन्तर्वार्ता लिएको जनाएको छ ।
जनरल म्यानेजरका लागि आवेदन परेका ४५ बाट अन्तिम चरणमा अन्तर्वार्ताका लागि ७ जना छनोट गरिएको क्यानले जनाएको छ ।
क्यानले मुख्य प्रशिक्षकको अन्तर्वार्ता यस अघि नै गरिसकेको छ ।
क्यानले गत सेप्टेम्बरमा मुख्य प्रशिक्षकसहित अन्य पदका लागि दरखास्त आह्वान गरेको थियो ।
क्यानले मुख्य प्रशिक्षक छनोटका लागि ५ सदस्सीय छनोट समिति समेत गठन गरिसकेको छ । जसमा ३ जना क्यानबाट १ जना आईसीसी र १ जना स्वतन्त्र विज्ञ रहेका छन् ।