एजेन्सी । कराँची किङ्सले पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।
कराँचीस्थित नेसनल स्टेडियममा मंगलबार राति भएको फाइनलमा लाहोर कलान्दर्सलाई ५ विकेटले पराजित गर्दै कराँचीले उपाधि जितेको हो ।
लाहोरले दिएको १ सय ३५ रनको लक्ष्य कराँचीले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।
कराँचीको जितमा बाबर आजमले अविजित रहदै ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै चाड्विक वाल्टनले २२ रन जोड्दा सर्जिल खानले १३ रन बनाए । एलेक्स हेल्स ११ रनमा आउट भए ।
लाहोरका हरिस राउफ र दिल्बार हुसेनले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लाहोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।
लाहोरका तमिम इकबालले ३५ रन जोड्दा फखर जमानले २७ रन बनाए ।
कप्तान सोहिल अख्तर र डेभिडले १४/१४ रन बनाए ।
कराँचीका वाकस मक्सुद, अर्शाद इकबाल र उमेद आसिफले १/१ विकेट लिए ।
यससँगै कराँचीले पहिलो पटक पीएसएलको उपाधि जित्न सफल भयो ।
पहिलो पटक फाइनल पुगेको कराँचीले पहिलो अवसरमै उपाधि जितेको हो ।