एजेन्सी । लाहोर कलान्दर्स पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
लाहोरमा आइतबार राति भएको दोस्रो क्वालिफायरमा मुल्तान सुल्तानलाई २५ रनले पराजित गर्दै कलान्दर्स फाइनलमा प्रवेश गरेको हो ।
नेसनल क्रिकेट स्टेडियममा कलान्दर्सले दिएको १ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुल्तानले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ५७ रन मात्र बनाउन सक्यो ।
सुल्तानको लागि एडम ल्याथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा खुस्दिल साहले ३० रन बनाए । शान मासुदले २७ तथा रिली रस्सोले १८ रन बनाए ।
कलान्दर्सका हरिस राउफ र डेभिडले ३/३ विकेट लिए । दिलबार हुसेन र शाहिन शाह अफ्रिदीले २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कलान्दर्सले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।
कलान्दर्सका लागि डेभिड विएसले अविजित ४८ रन बनाए । फखर जमानले ४६ रन जोड्दा तामिम इकबालले ३० रन बनाए । समित पटेलले २६ रन जोडे ।
सुल्तानका साहिद अफ्रिकीले २ विकेट लिए ।
अब कलान्दर्सले उपाधिका लागि कराची किङ्ससँग खेल्नेछ ।