काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर दोस्रो साता नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक घोषणा गर्ने भएको छ ।
क्यानले शनिबार नेपाली टिमको मुख्य प्रशिक्षक मंसिर दोस्रो साता घोषणा गरिने बताएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँगको समन्यवमा मुख्य प्रशिक्षकको घोषणा गरिने जनाएको छ ।
क्यानले शनिबार आवेदन दिएका १२ प्रशिक्षकको अन्तर्वार्ता समेत लिएको छ ।
मुख्य प्रशिक्षकका लागि आवेदन परेका ७२ बाट पहिलो चरणमा २५ प्रशिक्षक छनोट गरिएको र त्यसबाट अन्तिम अन्तर्वार्ताका लागि १२ प्रशिक्षक छानिएको क्यानले जनाएको छ ।
यस्तै क्यानले क्रिकेट म्यानेजर पदका लागि आवेदन दिएकाको शुक्रबार अन्तर्वार्ता भएको जनाएको छ ।
क्यानले गत सेप्टेम्बरमा मुख्य प्रशिक्षकसहित अन्य पदका लागि दरखास्त आह्वान गरेको थियो ।
क्यानले मुख्य प्रशिक्षक छनोटका लागि ५ सदस्सीय छनोट समिति समेत गठन गरिसकेको छ । जसमा ३ जना क्यानबाट १ जना आईसीसी र १ जना स्वतन्त्र विज्ञ रहेका छन् ।
गत फेब्रुअरीमा भएको विश्व क्रिकेट लिग अन्तर्गतको घरेलु सिरिजपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ । तत्कालिन प्रशिक्षक पटवालले राजीनामा दिएर स्वदेश फर्किएसँगै राष्ट्रिय टिम प्रशिक्षक विहीन भएको हो ।