एजेन्सी । पाकिस्तानले पाहुना टिम जिम्बावेविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज क्लिन स्विप गरेको छ ।
रावलपिन्डीमा मंगलबार भएको अन्तिम तथा तेस्रो टी-ट्वान्टीमा ८ विकेटको जित निकाल्दै पाकिस्तानले सिरिज ३-० ले क्लिन स्विप गरेको हो ।
जिम्बावेले दिएको १ सय ३० रनको लक्ष्य पाकिस्तानले १५ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
पाकिस्तानको जितमा अब्दुलाह सफिकले अविजित रहदै ४१ रनको योगदान दिए । खुस्दिल शाहले अविजित ३६ रन जोडे ।
यस्तै हैदर अलीले २७ रन जोड्दा फकर जमानले २१ रन बनाए ।
जिम्बावेका विलिङटन मासकाड्जा र मिल्टन शुम्बाले १/१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।
जिम्बावेका लागि कप्तान चामु चिभाभाले सर्वाधिक ३१ रन जोडे ।
यस्तै मिल्टन शुम्बाले ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
जिम्बावेलाई सस्तैमा समेट्न पाकिस्तानका उस्मान कादिरले ४ विकेट लिए ।
यस्तै इमाद वासिमले २ तथा हरिस राउफ र मोहमद हसनेनले १/१ विकेट लिए ।