एजेन्सी । बंगलादेश क्रिकेट टिमका सदस्य मोमिनुल हकलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
बंगलादेश टेस्ट टिमका कप्तान समेत रहेका हकलाई कोरोना संक्रमण भएको क्रिकइन्फोले जनाएको छ ।
कोरोनाको सामान्य लक्षण देखिएपछि परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको बताईएको छ ।
कोरोना देखिएपछि उनी सेल्फ आईसोलेसनमा बसेका छन् ।
२९ वर्षीय ब्याट्सम्यानले बंगलादेशका लागि ४० टेस्ट खेलेका छन् ।
यस्तै उनले २८ एकदिवसीय र ६ टी-ट्वान्टी खेलेका छन् ।