एजेन्सी । दक्षिण अफ्रिकाका ब्याट्सम्यान राइली रोसउले मेलबर्न रेनेगेड्सबाट अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
रेनेगेड्सले मंगलबार विदेशी खेलाडीको रुपमा ब्याट्सम्यान रोसउलाई अनुबन्धन गरिएको जनाएको छ ।
३१ वर्षीय ब्याट्सम्यान पहिलो पटक बीबीएल टिममा अनुबन्धित भएका हुन् । अन्य थुप्रै देशका टी-ट्वान्टी लिग खेलेपनि उनले बीबीएल खेलेका थिएनन् ।
रोसउ रेनेगेड्समा अनुबन्धित हुने दोस्रो दक्षिण अफ्रिकी खेलाडी हुन् ।
यस अघि रेनेगेड्सले दक्षिण अफ्रिकाकै भेट्रान स्पिनर इमरान ताहिरलाई अनुबन्ध गरिसकेको छ ।
यस्तै रेनेगेड्सले अफगानिस्तानका मोहमद नाबी र युवा स्पिनर नुर अहमेदलाई समेत अनुबन्ध गरिसकेको छ ।
नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ ।
यस सिजनमा हरेक टिमले ३ खेलाडीलाई प्लेईङ सेटमा राख्न पाउने छन् ।
यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने प्रावधान रहेको थियो ।
यस्तै बीबीएलमा एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाईने छ ।