एजेन्सी । ट्रेलब्लेजर्सले युएईमा आयोजना भएको वुमन्स टी-ट्वान्टी च्यालेन्जको उपाधि जितेको छ ।
सारजाहमा सोमबार राति भएको फाइनलमा सुपरनोभाजलाई १६ रनले पराजित गर्दै ट्रेलब्लेजर्स च्याम्पियन बनेको हो ।
सारजाह क्रिकेट मैदानमा ट्रेलब्लेजर्सले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको सुपरनोभाजले २० ओभरमा ७ विकेट गुमाउँदै १ रन २ मात्र बनाउन सक्यो ।
सुपरनोभाजकी कप्तानी हरमनप्रीत कौरले सर्वाधिक ३० रन जोडिन । यस्तै शशिकला श्रीवर्दनेले १९,टानिया भाटियाले १४ र जेमिमाह रोड्रिग्सले १३ रन बनाईन् ।
ट्रेलब्लेजर्सकी सलमान खातुनले ३ विकेट लिइन् ।
यस अघि पहिले ब्याटिङ गरेको ट्रेलब्लेजर्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १८ रन बनाएको थियो ।
ट्रेलब्लेजर्सको लागि कप्तान स्मृती मन्धानाले ६८ रनको अर्धशतकीय इनिङ्स खेलिन ।
यस्तै डिन्द्रा डोल्टिनले २० रन जोड्दा रिचा घोषले १० रन बनाईन् ।
सुपरनोभाजकी राधा यादवले ५ विकेट लिइन् ।
प्रतियोगितामा तीन टिम ट्रेलब्लेजर्स, सुपरनोभाज र भेलोसिटीले प्रतिस्पर्धा गरेका थिए ।