एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टपछि घर फर्कने भएका छन् ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले सोमबार कप्तान कोहलीलाई पहिलो टेस्टपछि छुट्टि दिने निर्णय गरेको छ ।
कोहली टेस्ट सिरिजका दौरान बुवा बन्दै छन् । जसको कारण कोहलीलाई बोर्डले छुट्टि दिएको हो ।
भारतले अष्ट्रेलियासँग डिसेम्बरमा चार खेलको टेस्ट सिरिज खेल्दैछ ।
कोहलीले पहिलो टेस्ट मात्र खेल्ने भएपछि भारतले रोहित शर्मालाई टेस्ट टिममा बोलाएको छ ।
यस अघि घोषणा गरिएको टिममा रोहित परेका थिएनन् । उनी चोटमुक्त मुक्त हुँदै गएपछि टिममा फर्किएका हुन् ।
यस्तै पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका स्पिनर वरुण चक्रवर्तीले काँधको चोटका कारण अष्ट्रेलिया भ्रमण गुमाउने भएका छन् ।
टी-ट्वान्टी सिरिजका लागि राष्ट्रिय टिममा समावेश गरिएका उनलाई फास्ट बलर नटराजनले विस्थापित गरेका छन् ।
यस्तै एकदिवसीय टिममा सन्जु सामसनलाई राखिएको छ ।
भारतले नोभेम्बर देखि जनवरीसम्म ३ एकदिवसीय, ३ टी-ट्वान्टी र ४ खेलको टेस्ट सिरिज खेल्नेछ ।