एजेन्सी । अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले सिड्नी सिक्सर्सबाट बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
सिड्नीले सोमबार बलर स्टार्कलाई अनुबन्ध गरिएको जनाएको छ ।
३० वर्षीय बलर ६ वर्षपछि बीबीएल टिममा आबद्द भएका हुन् ।
यस्तै उनी तेस्रो पटक सिड्नीबाट बीबीएल खेल्न लागेका हुन् ।
यस अघि स्टार्कले सन् २०११/१२ को सिजन सिड्नीबाट खेलेका थिए । त्यस सिजन सिड्नीले पहिलो पटक बीबीएलको उपाधि जितेको थियो ।
यस्तै पछिल्लो पटक स्टार्कले सन् २०१४/१५ को सिजन सिड्नीबाट बीबीएल खेलेका थिए ।
नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ ।