एजेन्सी । इंग्ल्याण्ड राष्ट्रिय टोलीका पूर्व कप्तान डेभिड बेकह्याम फुटबल क्लबको मालिक बनेका छन् । डेभिडले नयाँ फुटबल क्लबको नाम सार्वजनिक गरेका हुन् ।
अमेरिकाको मेजर सकर लिग एमएलएस खेल्न क्लबको नाम फुटबल इन्टरनासिओनल डे फुटबल मायमी अर्थात इन्टर मायमी राखिएको छ ।
उनको क्लबले सन् २०२० बाट एमएलएस खेल्ने छ ।
क्लब फुटबलमा रियल मड्रिड, म्यानचेस्टर युनाईटेड, एसी मिलान र पीएसजीमा खेलेका बेकह्याम इंग्ल्याण्डका सफल कप्तान समेत मानिन्छन् ।
४३ बर्षिय बेकह्यामले क्लव करियर र राष्ट्रिय टिमकालागि एक भरपर्दा खेलाडीका थिए । बेकह्याकम ट्याटु मास्र्टसको रुपमा पनि चिनिन्छन् ।