एजेन्सी । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होलाई कर छलिको ओरोपमा एक बर्षको जेल सजाए सुनाईएको छ । उनले स्पेनिस कर अधिकारीले लगाएको एक बर्षको जेल सजाए स्वीकार गरेका छन् ।
उनलाई स्पेनीस क्लब रियल मड्रिडमा रहदा ३ दशमलव ३ मिलियन युरो कमार्इको कर छलिको आरोप लागेको थियो ।
स्पेनीस कानुनका अनुसार पहिलो पटकको अपराधकालागि दुई बर्ष भन्दा कमको सजाए हुनसक्ने व्यवस्था गरिएको छ ।
मोउरिन्होलाई आयरल्याण्ड, ब्रिटिस भर्जिन टापु र न्युजल्यान्डमा २०११ मा इमेज राइट्स कम्पनीको कमाई लुकाएको आरोप लगेको थियो । उनलाई १ दशमलव ९ मिलियन युरोको जरिवाना लगाइएको छ ।
गएको बर्ष नोभेम्वरमा मोउरिन्होले अदालत बाहिर भनेका थिए, ‘मैले जवाफ केहि दिईन । मैले बहस गरिन । मैले राज्यलाई भुक्तान गरेको छु र हस्तारक्षर गरेको छु । मुद्धा बन्द भएको छ ।’
स्पेनिस अदातले बार्सिलोनाका लियोनल मेस्सी र पुर्व रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोलाई पनि २ सय मिलियन युरो कर छलिको आरोप लागेको थियो ।