एजेन्सी । रुसी विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेका स्पेनिस स्टार डिएगो कोस्टाले राष्ट्रिय टिमबाट युईएफए नेसन्स लिग नखेल्ने भएका छन् ।
व्यक्तिगत कारण देखाउदै कोस्टाले यूईएफए लिगमा नखेल्ने बताएका हुन् । स्पेनिस मिडियाले नयाँ प्रशिक्षक लुइस एनरिकेसंगको सम्वन्धका कारण उनले राष्ट्रिय टिमबाट नखेल्ने मनसाय बनाएको अड्कल काटेका छन् ।
समूह ए मा रहेको स्पेनले शनिबार वेम्वलीमा इंग्ल्यान्डको सामना गदैंछ ।
२९ वर्षीय एट्लेटिको मड्रिडका स्ट्राइकरको स्थानमा ३१ वर्षीय सेल्टा भिगोका स्ट्राइकर इयागो आस्पास टोलीमा परेका छन् । स्पेनले यूईएफए नेश्नल लिगमा इंग्ल्यान्ड र क्रोएसियासँग खेल्दैछ ।
लुइस एनरिकेको प्रशिक्षणमा स्पेनले पहिलो अन्तराष्ट्रिय खेल खेल्दै छ । स्पेनको टिम सम्हाले लगत्तै एनरिकेले ठूलो निर्णय पनि गरेका छन् ।
नले घोषणा गरेको टिममा जोर्डी अल्बा, एट्लेटिकोका कोके लगायतका खेलाडी समावेश छैनन् ।