एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (सोमबार) कोलकाता नाइट राइडर्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।
सारजाहमा कोलकाता र पन्जाब १२ औं खेलमा लागि मैदान उत्रन लागेका हुन् । कोलकाता र पन्जाबबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।
सारजाह क्रिकेट मैदानमा कोलकाता सातौं जितको खोजीमा हुनेछ । कोलकाता ११ खेलमा १२ अंक जोड्दै तालिकाको चौंथो स्थानाम रहेको छ ।
इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकाता पन्जाबलाई हराएर प्ले अफ यात्रा बलियो बनाउन चाहन्छ ।
तर, पछिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेको पन्जाबविरुद्ध जित निकाल्न कोलकातालाई सहज हुने छैन ।
केएल राहुलको कप्तानी मैदान उत्रने पन्जाब छैटौं जित निकाल्न चाहन्छ । कोलकातालाई हराएर पन्जाब पनि प्ले अफ होड कायम राख्न चाहन्छ ।
पन्जाब ११ खेलमा १० अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
यस्तै पन्जाब कोलकाताविरुद्ध जित निकाल्दै अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिजनको पहिलो भेटमा कोलकाताले पन्जाबलाई २ रनले हराएको थियो ।
कोलकाताले पन्जाबविरुद्ध मोर्गनसँगै दिनेश कार्तिक, नितिश राना, वरुण चक्रवर्ती, शुबमन गिल, आन्द्रे रसेल, पाट कुमिन्स, सुनिल नारिन जस्ता खेलाडी मैदान उतार्ने छन् ।
पन्जाबसँग राहुलसँगै मायांक अग्रवाल, निकोलस पुरन, क्रिस गेल, रबि बिश्नोई, ग्लेन म्याक्स्वेल, क्रिस जोर्डन, मोहम्मद शामी, सेल्डोन कोट्रेल जस्ता खेलाडीको साथ रहने छ ।