एजेन्सी । साविक उपविजेता टिम चेन्नई सुपर किंग्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटबाट बाहिरिएको छ ।
अबुधाबीमा आइतबार राजस्थान रोयलले शीर्ष स्थानको मुम्बई इण्डियन्सलाई पराजित गरेपछि चेन्नई आईपीएलबाट बाहिरिएको हो ।
राजस्थानले मुम्बईमाथि ८ विकेटको सानदार जित निकालेको हो ।
मुम्बईलाई राजस्थानले हराएसँगै चेन्नईको प्ले अफ आशा समाप्त भएको हो ।
चेन्नईले लिगको बाँकी खेल जितेपनि प्ले अफ पुग्ने छैन । चेन्नईले अब दुई खेल खेल्न बाँकी रहेको छ ।
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई पुछारमा रहेको छ ।
चेन्नईले १२ खेलमा मात्र ८ अंक जोडेको छ ।
तीन पटकको च्याम्पियन चेन्नई आईपीएल इतिहासमा पहिलोपटक प्ले अफ पुग्न असफल भएको हो ।
यस अघि चेन्नई लगातार प्ले अफ पुग्दै आईरहेको थियो ।