एजेन्सी । रवि बिश्नोई, किङ्स इलाभेन पन्जाबको लागि मात्र नभएर युएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) कै 'सेन्सेसनल' बनिसकेका छन् ।
युवा बलर बिश्नोई १३ औं संस्करणको आईपीएलमा आफ्नो टिमको सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन् । १० खेलमा ९ विकेट लिएका बिश्नोई टिममा सर्वाधिक विकेट लिने खेलाडी मोहमद शामी भन्दा पछि छन् ।
भारतको सानो गाउँमा हुर्किएका रविले छोटो अवधिमा ठूलो सफलता हात पारिसके । रविले यस सफलता उनको जोश र कडा परिश्रमले मात्र प्राप्त भएको हो ।
सामान्यतया खेलाडीले खेलमा पसिना बगाउने गर्छन । तर, रविले खेलमा मात्र नभएर मैदानमा समेत उत्तिकै पसिना बगाएका छन् ।
रवि र उनको साथीहरुले गाउँमा क्रिकेट अभ्यासको लागि उपयुक्त मैदानमा नभएको कारण आफैले क्रिकेट एकेडेमी खोल्ने विचार गरेका थिए । तर, मैदान सम्माउन चाहिने औजार समेत उनीहरूसँग थिएन ।
भनिन्छ नी, जहाँ इच्छा त्यहाँ उपाय । रवि र साथीहरुले आफैले बाँजो जमीनको ढुंगा हटाए र खेल्ने मैदान तयार गरे । उनीहरूले मैदानमा घाँस समेत आफैले रोपे, विकेटको लागि रातो माटो समेत आफैले हाले । युवा जोश र मेहनतले स्पार्टन क्रिकेट एकेडेमी जन्म भयो ।
क्रिकेटिङ करियरमा रवि सुरुवातमा फास्ट बलर बन्न चाहन्थे । तर गुग्लिको एक स्पेसल सेसनको कारण रविलाई लेग स्पिनमा दिल बस्यो । 'प्रोमिसिङ' क्रिकेटर हुनुको बाबजुत रविले मौका पाइरहेका थिएनन् ।
'राजस्थान यू-१९ ट्रायलमा मलाई बेवास्ता गरिएको थियो । तर प्रशिक्षकको अनुरोधमा मैले एक मौका पाएँ जसको कारण राजस्थान यू-१९ को टिमबाट खेल्ने मौका पाएँ,' राविले त्यो छनोट सम्झँदै भने ।
सन् २०१८ -१९ को सहिद मुस्ताक अली ट्रफीमा रवीले राजस्थानको लागि डेब्यु गरे । त्यसको अर्को वर्ष विजय हजारे ट्रफीमा रविले लिस्ट 'ए' डेब्यु गरे ।
सन् २०१८ मा राजस्थान रोयल्सले रविलाई नेटमा बलिङ गर्न खास बोलाइएको थियो । उनको प्रदर्शनको आधारमा सन् २०१९-२० को दियोधर ट्रफीमा भारतको 'ए' टिममा छनोट भए । साथै उनले यु-१९ विश्वकप क्रिकेटमा उनले सबैलाई लोभ्याउन सफल भए ।
दक्षिण अफ्रिकामा भएको विश्वकपमा युवा रवि सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । न्रयुजिल्याण्ड फाइनलमा बंगलादेशविरुद्ध ४ विकेट हात पार्दै प्रतियोगितामा उनले कुल १७ विकेट लिन सफल भए ।
रविले आफ्नो पहिलो आईपीएलमा ऋषब पन्तलाई बोल्ड गर्दै ४ ओभरमा मात्र २२ रन खर्चिए । लगत्तै अर्को खेलमा अन्तराष्ट्रिय स्टार आरोन फिन्चलाई बोल्ड गर्न सफल भए । साथै उमेश यादव र वासिङ्टन सुन्दरको विकेट लिए ।
पन्जाबमा रविसँग अनिल कुम्बले जस्ता लिजेण्ड मेन्टर छन् । उनले भनेका छन्, 'कुम्बलेसँग मिलेर आफ्नो फ्लिफर डेलिभरीमा काम गर्दैछु ।'
पक्कै पनि उनको बलिङमा अनिलको छनक देखिन थालेको छ ।