ढाका । साफ च्याम्पियनसिप अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपालले खेलाडी परिवर्तन गरेको छ । दोस्रो हाफको खेल चलिरहदाँ नेपालले दुई फरवार्डलाई परिवर्तन गरेको छ ।
नवयुग श्रेष्ठको स्थानमा निराजन खड्का र भरत खवासको स्थानमा सुनिल वललाई मैदानमा पठाएको छ ।
१ ० ले पछाडी परेपछि नेपाली टिम दबाबमा छ ।
खेलको ३७ औ मिनेटमा नेपालले एक गोल ब्यहोरेको थियो । पेनाल्टीमार्फत पाकिस्तानलाई मोहमद रिजाले अग्रता दिलाएका थिए ।
समूह ए मा रहेको नेपाललाई अघिल्लो चरणमा प्रवेशकालागि पाकिस्तानलाई जित्नैपर्ने दबाब छ । नेपालले बिहिबार भुटान र शनिबार बंगलादेशको सामना गर्नेछ ।
साफ फुटबलको १२ औं संस्करणसम्म आइपुग्दा नेपालले उपाधि जित्न सकेको छैन ।