काठमाडाै । अखिल नेपाल फुुटबल संघ एन्फाले एसियन स्कुल यू–१८ च्याम्पियनसिपमा सहभागीता जनाउने नेपाली युथ राष्ट्रिय फुटबल टिमको अन्तिम घाेषणा गरेको छ ।
भारतको आग्रामा सेप्टेम्बर २० देखि ३० सम्म आयोजना हुने प्रतियोगीताको तयारी नेपाली टिमले विराटनगरमा गर्दै आइरहेको छ । एन्फाले दोस्रो चरणको बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट २० सदसीय टिमको नाम सार्वजनिक गरेको हो । आग्रा जाने टिमको कप्तानी दिनेश हेम्जनले गर्नेछन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले ४ बैकल्पिक खेलाडी पनि राखेको छ ।
२० खेलाडीहरुले मध्ये कोही खेलाडी घाइते भए वा अनुशासनको कारवाहिमा परेमा वैकल्पिक खेलाडीलाई पाेजिसन अनुसार प्राथमिकता दिने अखिल नेपाल फुटबल संघ एन्फाका सदस्य तथा यू–१८ टिमका ब्यवस्थापक रुपेश अधिकारीले खेलपाटीलाई जानकारी दिए ।
नेपाली टोलीको प्रमुख प्रशिक्षकमा चेत नारायण श्रेष्ठ र सहायक प्रशिक्षकमा पासाङ्ग तामाङ्ग राकेश श्रेष्ठ रहेका छन् ।
अन्तिम चरणमा पर्न सफल खेलाडीहरु ः
गोलकिपरः विष्णु कुमार के शी, विशाल सुनार, सूर्य अधिकारी
डिफेन्सः विकास खवास, नविन गुरुङ्ग, राजन गुरुङ्ग, असिम गुरुङ्ग, रन्दिप पौडेल, संजित राई
मिडफिल्डरः नितिन थापा, मनिष थापा ( उपकप्तान ), जय गुरुङ्ग, सेसेहाङ्ग आङदेम्वे, सुरज न्यू ठकुरी, अनिल महर्जन
स्ट्राइकरः दिनेश हेम्जन, बुद्ध बल तामाङ्ग, रितिक खड्का, अनुप गुरुङ्ग, टिका गुरुङ्ग
बैकल्पिक खेलाडीहरुः आकाश रानाभाट ( गोलकिपर ) , पवन शाही (डिफेन्डर ), बिवेक राई (मिडफिल्डर), दर्शन गुरुङ ( स्ट्राइकर )