काठमाडौं । नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) रुपन्देहीले नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार भएको वार्षिक साधारण सभाबाट मोहन ज्ञवालीको संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो ।
सभाले उप संयोजकमा माधव शर्मा, सचिव नारायण अधिकारी, कोषाध्यक्ष शिवराज गौतम, सचिवमा हरी गैरेलाई चयन गरेको छ । यस्तै सदस्यमा प्रेम पौडेल, सुरज काफ्ले, मदन अर्याल, मधुसुधन उपाध्याय, हरी गौतम र संदेश केसी रहेका छन् ।
कार्यसमितिका सबै निर्विरोध चयन भएका हुन् ।
सभामा अघिल्लो कार्यकालको समीक्षा गर्दै आगामी कार्यकालको जिल्ला सम्बन्वय समितीको कार्यदिशाबारे बृहत छलफल समेत गरेको थियो ।
सन् २०१६ मा स्थापित समर्थक समाजले क्रिकेटमा भएको विकृतिमाथि आवाज उठाउने तथा खेलाडीलाई सहयोग गर्दै आएको छ ।
समर्थक समाजको देशैभर रहेको जिल्ला मध्य रुपन्देही जिल्ला निकै सक्रिय जिल्लाको रुपमा स्थापित छ ।