काठमाडौं । एशिया कप छनोट अन्तर्गत हङकङविरुद्धको खेलमा नेपालको ब्याटिङ लाईन धरासायी बनेको छ ।
नेपालका मुख्य ब्याट्सम्यान सस्तैमा आउट भएका छन् ।
टस जितेर ब्याटिङ गरेको नेपालले ४७ रन बनाउन महत्वपुर्ण ४ विकेट गुमाएको छ ।
चौथो विकेटको रुपमा ज्ञानेन्द्र मल्ल १२ रन बनाएर आउट भएका छन् । उनलाई तनविर अफजलले आउट गराएका छन् ।
तेस्रो विकेटको रुपमा अनिल कुमार शाह १५ रन बनाएर आउट भएका थिए ।
यसअघि सुवास खकुरेल शुन्य र कप्तान पारस खड्का १४ रनमा पेविलियन फर्किएका थिए ।