काठमाडौं । एशिया कप छनोट अन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले कमजोर ब्याटिङ गरेको छ ।
नेपालले ४४ रन बनाउन महत्वपुर्ण तीन विकेट गुमाएको छ ।
तेस्रो विकेटको रुपमा अनिल कुमार शाह १५ रन बनाएर आउट भएका छन् ।
यसअघि सुवास खकुरेल शुन्य र कप्तान पारस खड्का १४ रनमा पेविलियन फर्किएका थिए ।