ढाका । साफ सुजुकी कप फुटबलको १२ औं संस्करण मंगलबारबाट बंगलादेशको ढाकामा सुरु हुँदैछ ।
ढाकास्थित बंगबन्धु स्टेडियममा नेपालले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ मा सुरु हुनेछ ।
पाकिस्तानविरुद्ध मैदान उत्रदा नेपाल सुखद नतिजाको आशमा रहनेछ । किनकी नेपालले यस संस्करणको उपाधि जित्दै पहिलोपटक साफ जित्ने लक्ष्य बनाएको छ ।
‘हामी यहाँ उपाधिकालागि आएका हौ,’ सोमबार प्रिम्याच कन्फरेन्समा नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘हाम्रो पहिलो लक्ष्य नकआउट चरण पुग्नु हुनेछ । त्यसपछि हामी उपाधिका लागि लड्नेछौ ।’
तर, प्रशिक्षक महर्जनले भनेजस्तो पाकिस्तानविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । यदी पाकिस्तानलाई हराउन सके नेपालको सेमिफाइनलको यात्रा बलियो बन्नेछ । र, नेपाल त्यहीँ लक्ष्य प्राप्तिमा हुनेछ ।
साफमा पाकिस्तानविरुद्ध नेपालले हालसम्म ६ खेल खेलेको छ । तर, साफको नयाँ संकरणपछि नेपालले ४ खेल खेलेको छ । जुन नतिजा हेर्दा नेपाल बलियो देखिन्छ ।
नेपालले ६ खेलमा २ जित निकाल्दा ३ खेलको बराबरी गरेको छ । यस्तै नेपालले एक खेलमा पराजय बेहोरेको छ ।
हेड टु हेड कस्तो ?
सन् १९९३ जुलाई १६ : १ – १ को बराबरी
सन् १९९५ मार्च २९ : नेपाल २ – ० ले नेपाल र पाकिस्तानद्वारा विजयी
सन् १९९७ सेप्टेम्बर ४ : नेपाल २ – ० ले पराजित
सन् २००८ जुन ७ : नेपाल ४ – १ ले विजयी
सन् २०११ डिसेम्बर ६ : नेपाल र पाकिस्तानद्वारा १ – १ को बराबरी
सन् २०१३ सेप्टेम्बर ३ : नेपाल र पाकिस्तानद्वारा १ - १ को बराबरी