चितवन । नेपाली क्रिकेट समर्थक समाज चितवन जिल्लाको नयाँ कार्यसमिति चयन गरिएको छ ।
भरतपुरमा शनिबार भएको वार्षिक साधारण सभाबाट दिनेश नाइसाको संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो ।
सभाले उप संयोजकमा विकास पाण्डेय, सचिव विशाल पौडेल, कोषाध्यक्ष नविन ओलिया, सह सचिव मनिष लामिछानेलाई चयन गरेको छ । यस्तै सदस्यमा सुरक्षा भण्डारी, उमिशा ढकाल, अमिट गिरी र उत्तम शर्मा पौडेल रहेका छन् ।
कार्यसमितिका सबै निर्विरोध चयन भएका हुन् ।
सभामा अघिल्लो कार्यकालको समीक्षा गर्दै आगामी कार्यकालको जिल्ला सम्बन्वय समितीको कार्यदिशाबारे बृहत छलफल समेत गरेको थियो ।
सन् २०१६ मा स्थापित समर्थक समाजले क्रिकेटमा भएको विकृतिमाथि आवाज उठाउने तथा खेलाडीलाई सहयोग गर्दै आएको छ ।
समर्थक समाज चितवन जिल्लाले भरतपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्णका लागि पटक पटक सहयोग रकम तथा श्रम दान गर्दै आएको छ ।