एजेन्सी । इङ्ल्याण्डका टेष्ट क्रिकेटका सर्वाधिक रनकर्ता एलेष्टर कुकले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । इन्डियाविरुद्धको टेष्ट सिरिजसंगै कुकले अन्तराष्ट्रिय क्रिकेटबाट बिदा लिने निर्णय गरेका हुन् ।
इङ्लिस टिमका ३३ बर्षिया ओपनरले १ सय ६० टेष्टमा ३२ शतक सहित कीर्तिमानी १२ हजार २ सय ५४ रन बनाएका छन् ।
‘अब गर्नकालागि केही बाँकी रहेन ।’ उनले भनेका छन् । कुकले इङ्ल्याण्डकालागि कीर्तिमानी ५९ टेष्टमा कप्तानी गरेका छन् ।
उनी अहिले ५० औ टेष्ट सिरिज खेलिरहेका छन् । इण्डियाविरुको ५ टेष्टको सिरिज घरेलु टोलीले ३–१ ले जितिसकेको छ ।
‘मैले सोचे भन्दा धेरै पाए । खेलाडीको रुपमा यति लामो समय इङलिस टोलीबाट खेल्न पाउनु विशेष ठानेको छु ।’ उनले थपे ।
उनी पछिल्लो समय खराब फर्मसंग संघर्ष गरिहेका थिए । उनले यस बर्ष औपतमा १८ दशमलव ६२ का दरले रन बनाएका छन् । इन्डियाविरुद्धको सिरिजमा समेत उनले ५० रन कटाउन सकेका छैनन् ।