एजेन्सी । अफगानिस्तानका क्रिकेटर नाजिबउल्लाह ताराकाइ सडक दुर्घटनामा सख्त घाइते भएका छन् ।
अफगानिस्तानको नागहरमा शुक्रबार दुर्घटनामा परि नाजिबउल्लाह सख्त घाइते भएका हुन् ।
बाटो काट्ने क्रममा रहेका नाजिबउल्लाहलाई कारले ठक्कर दिएको थियो । घटना लगत्तै उनलाई अस्पताल पुर्याइएको थियो ।
ओपनर ब्याट्सम्यान नाजिबउल्लाहको अवस्था निकै गम्भीर रहेको र उनको आईसीयुमा राखेर उपचार भईरहेको बताईएको छ ।
'नाजिबउल्लाहको दुर्घटना शुक्रबार भएको थियो, उनी आईसीयुमा रहेका छन्,' अफगानिस्तान क्रिकेट बोर्डका अन्तरिम प्रमुख कार्यकारी नाजिमले भने, 'उनको अवस्था निकै चिन्ताजनक रहेको डाक्टरले बताएका छन् । उनकोबारे केहीभन्न सक्ने अवस्था छैन ।'
२९ वर्षीय नाजिबउल्लाहले सन् २०१४ मा अफगानिस्तानबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।
उनले १२ टी-ट्वान्टी अन्तराष्ट्रिय र १ एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेका छन् ।
टी-ट्वान्टी अन्तराष्ट्रिय एक अर्धशतकसहित उनले २ सय ५८ रन बनाएका छन् ।