काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत सिंगापुरविरुद्धको खेलमा नेपालका ललित नारायण राजवंशी म्यान अफ दि म्याच चुनिएका छन् ।
सिंगापुरविरुद्ध नेपाललाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका बलर ललित म्यान अफ दि म्याच चुनिएका हुन् ।
ललितले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपालले सिंगापुरलाई ४ विकेटले हराएको थियो । जुन, नेपालको लगातार दोस्रो जित हो ।
टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४२ ओभरमा अलआउट हुँदै १५१ रन जोडेको थियो ।
सिंगापुरलाई सस्तैमा समेट्न ललितले ९ ओभर बलिङ गर्दै ३ विकेट लिएका थिए । उनले १ मेडनसहित २७ रन मात्र खेर्चेका थिए ।