काठमाडौं । एसिया कप छनोटको चौथो खेलमा सिंगापुरले नेपालसामु १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर सुरुवाती व्याटिङ गरेको सिंगापुरले ४२ औ ओभरमा अलआउट हुदै १ सय ५१ रन मात्र बनाउन सक्यो ।
चेतन रामचन्द्रले सर्वाधिक ६० रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहेन ।
नेपालका ललित राजवंशी र सन्दिप लामिछानेले समान ३\३ विकेट लिए । सोमपाल कामीको नाममा दुई विकेट रह्यो ।
एसिया कपमा छनोट हुने सम्भावना जिवितै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल ३ खेलको समाप्तिमा मात्र २ अंक जोडेको छ ।
एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाल आज कमजोर मानिएको सिंगापुरलाई हराएर आफ्नो लक्ष्य जीवितै राख्न चाहन्छ । पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसंग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो ।
उक्त जितपछि एसिया कप छनोटको फाइनल खेल्ने नेपालको सपना जीवितै रहेको थियो । र, सिंगापुरविरुद्ध जित निकाल्दै नेपाल छनोटको फाइनलको लागि बलियो दाबी पेश गर्न चाहन्छ ।
यस्तै नेपाल अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा रहनेछ । यता, सिंगापुर नेपाललाई हराएर पहिलो जितको खोजीमा रहेको छ ।
तर, पछिल्लो खेलको नतिजाको आधारमा नेपालविरुद्ध सिंगापुरले आश्चर्यजनक नतिजा निकाल्ने सक्ने सम्भावना भने कमजोर छ ।
एसिया कप छनोटको शीर्ष दुईमा पुग्न नेपाललाई सिंगापुरविरुद्ध जित्नै पर्ने दबाबमा रहेको छ । पराजय बेहोरेको खण्डमा नेपालको एसिया कप सपना सकिनेछ । नेपाल अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । नेपालले दुई अंक जोडेको छ ।
तर, अन्य खेलको नतिजा आफू अनुकुल आएमा नेपालको सम्भावना भने रहन्छ ।
राउण्ड रोबिनको आधारमा जारी छनोटको शीर्ष दुई मध्येको एक टोलीले एसिया कपको टिकट काट्ने छ । अर्थात्, शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । फाइनलको विजेताले एसिया कप खेल्नेछ ।
लिगको शीर्ष स्थानमा अपराजित ओमान रहेको छ । ओमानको ६ अंक छ । यस्तै हङकङको ४ अंक रहदा यूएइले पनि ४ अंक जोडेको छ । मलेसिया र नेपालको खातामा दुई अक छ । सिंगापुर अंकबिहिन रहेको छ ।
नेपाल भर्सेस सिंगापुर (हेड टु हेड)
सिंगापुरविरुद्ध पछिल्लो पाँच खेलमा नेपालले हार बेहोर्नु परेको छैन । यस्तोमा नेपालले आजपनि सिंगापुरलाई हराउने अड्कल काटिएको छ । जारी प्रतियोगिताको प्रदर्शन हेर्नेहो भने नेपालले सहजै हराउनेछ ।
सन् २००८ (एसीसी एलिट ट्रफी) : नेपाल ६ विकेटले विजयी
सन् २०१० (विश्व क्रिकेट लिग डिभिजन-५) : नेपाल १६ रनले विजयी
सन् २०१० (एसीसी एलिट ट्रफी) : नेपाल २१ रनले विजयी
सन् २०१४ (विश्व क्रिकेट लिग डिभिजन-४) : नेपाल ५ विकेटले विजयी
सन् २०१४ (विश्व क्रिकेट लिग डिभिजन-३ ) : नेपाल १९० रनले वि