एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली आफ्नो दोस्रो र चेन्नई तेस्रो खेलका लागि मैदान उत्रने छन् ।
दिल्ली र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
श्रेयस आयरको कप्तानीमा मैदान उत्रने दिल्ली लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
पहिलो खेलमा दिल्लीले किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा पराजित भएको थियो ।
यता, महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई पनि दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
पहिलो खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई ५ विकेटले हराएको थियो ।
तर, दोस्रो खेलमा चेन्नई राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो ।
दुई टिमबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा चेन्नई बलियो देखिएको छ । गत सिजनको तीन भेटमा समेत चेन्नईले बाजी मारेको थियो ।
गत संस्करणमा भएको पहिलो भेटमा चेन्नईले ६ विकेटको जित निकालेको थियो ।
यस्तै दोस्रो भेटमा चेन्नईले ८० रनको जित निकाल्दा क्वालिफायरमा ६ विकेटको जित निकालेको थियो ।
दिल्लीविरुद्ध पन्जाबले कप्तान धोनीसँगै शेन वाट्सन, फाप डु प्लेसिस, साम करण, केदार जाधब, पियुस चावला, लुंगी एनजिडी, रबिन्द्र जडेजा जस्ता खेलाडीलाई मैदान उतार्ने छन् ।
दिल्लीसँग पृथ्वीश, शिखर धवन, श्रेयस आयर, ऋषब पन्त, मार्कुस स्टोनिस, अक्षर पटेल, कागिसो राबडा जस्त खेलाडीको साथ रहेको छ ।
दिल्लीले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई समेत मैदान उतार्ने संभवाना रहेको छ । पहिलो खेलमा भने सन्दीपले मौका पाएका थिएनन् ।