एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बुधबार) साविक विजेता मुम्बई इन्डियन्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
अबुधाबीस्थित शेख जायद स्टेडियममा मुम्बई आफ्नो दोस्रो र कोलकत्ता आफ्नो पहिलो खेलका लागि मैदान उत्रने छन् । मुम्बई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा भने मुम्बई जितको खोजीमा हुनेछ ।
यता, दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ता सुखद सुरुवात गर्न चाहन्छ । जसको लागि बलियो टिम मुम्बईलाई हराउन चाहन्छ ।
पछिल्लो पाँच खेलको नतिजा हेर्दा मुम्बई बलियो देखिएको छ । तर, गत सिजनको दुई भेटमा दुबै टिमले एक एक जित निकालेको थियो ।
गत संस्करणमा भएको पहिलो भेटमा कोलकत्ताले ३४ रनको जित निकालेको थियो । तर, दोस्रो भेटमा मुम्बईले ९ विकेटको जित निकालेको थियो ।
मुम्बईले कोलकत्ताविरुद्ध कप्तान रोहितसँगै क्विन्टन डी कक, केइरन पोलार्ड, हार्दिक पाण्डय, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह लगायतका खेलाडी मैदान उतार्ने छन् ।
कोलकत्तासँग दिनेशसँगै आन्द्रे रसेल, इयान मोर्गन, आन्द्रे रसेल,कुलदिप यादव, पाट कुमिन्स जस्ता खेलाडीको साथ रहनेछ ।