एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (मंगलबार) चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
सारजाहमा क्रिकेट मैदानमा चेन्नई आफ्नो दोस्रो र राजस्थान आफ्नो पहिलो खेलका लागि मैदान उत्रने छन् । चेन्नई र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
पहिलो खेलमा साविकको विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको चेन्नई उक्त जितको लयलाई कायम राख्न चाहन्छ ।
तर, साविक उपविजेता रहेको चेन्नईलाई राजस्थानविरुद्ध जित निकाल्न सहज भने छैन ।
स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान चेन्नईलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।
पछिल्लो पाँच भेटमा भने राजस्थानले चेन्नईविरुद्ध एक मात्र जित निकालेको छ ।
अघिल्लो संकरणको दुई भेटमा चेन्नईले राजस्थानलाई हराएको थियो ।
गत वर्ष पहिलो भेटमा चेन्नईले ८ रन र दोस्रो भेटमा ४ विकेटको जित निकालेको थियो ।
यस पटक भने राजस्थान चेन्नईसँग अघिल्लो संस्करणको बदला लिन चाहन्छ ।
चेन्नईविरुद्ध राजस्थानले कप्तान स्मिथ सहित डेभिड मिल्नर, जोफ्रा आर्चर, रोबिन उथप्पा, सन्जु सामसन, श्रेयास गोपाल लगातारक खेलाडी मैदान उतार्ने छन् ।
यस्तै चेन्नईले धोनीसहित, शेन वाटसन, रबिन्द्र जडेजा, पियुस चावाला, अम्बाती रायाडू, फाप डु प्लेसिस, दिपक चाहर,लुंगी एनजिडी लगायतका खेलाडी मैदान उतार्ने छन् ।