काठमाडौं । रेड स्टार क्लब झापाले तेस्रो संस्करणको पाथिभरा गोल्डकप फुटबलको उपाधि जितेको छ । ताप्लेजुङको भानु माविमा शनिबार भएको खेलमा रेड स्टारले न्यु स्टारलाई पराजित गरेको हो ।
पुर्ब राष्ट्रिय खेलाडी कर्ण लिम्बुको कप्तानीमा रहेको रेड स्टारले न्यू स्टारलाई २–१ ले शिकार बनाएको हो ।
रेड स्टारको जितमा कप्तान कर्ण लिम्बु र विदेशी खेलाडी ग्लारीले समान एक एक गोल गरे । न्यु स्टारकालागि विजय राईले एक सान्त्वना गोल फर्काए ।
विजेता टिम रेड स्टारले उपाधि सहित ३ लाख र उपविजेता न्यु स्टारले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्याे ।
कार्यक्रमका प्रमुख अतिथि ताप्लेजुङका सांसद योगेश भट्टराईले खेलाडीलाई ट्रफि र पुरस्कार राशी हस्तान्तरण गरेका थिए ।