एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई पराजित गरेको छ । लेस्टरको घरेलु मैदान किंग्स पावर स्टेडियमा शनिबार भएको खेलमा लिभरपुलले लेस्टरलाई २–१ ले हराएको हो ।
खेलको १० औ मिनेटमा साडियो मानेको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा रोबर्टो फिर्मिन्होले पाहुना टोलीको अग्रतालाई दोब्बर बनाए ।
६३ औ मिनेटमा राचिड गेजालले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो सफल हुन सकेन् ।
जितपछि लिभरपु्लले ४ खेलबाट १२ अंक जोडेको छ । लेस्टरको ४ खेलबाट ६ अंक छ ।
जितपछि लिभरपुल तालिकाकाे शीर्ष स्थानमा यथावत छ ।