काठमाडौं । एसिया कप छनोटमा नेपालले पहिलो जित दर्ता गरेको छ । समूह चरणको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई १९ रनले पराजित गरेको हो ।
बायुमास ओभलमा नेपाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ६९ रन बनाउन सक्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ८८ रन बनाएकाे थियो ।
तस्विरमा हेर्नुस नेपालको जित :
तस्विर : रमन सिवाकोटी