काठमाडौं । एसिया कप छनोट क्रिकेट अन्तर्गत घरेलु टोली मलेसियाविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।
बायुमास ओभलमा नेपालले दिएको १८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको मलेसियाले तेस्रो विकेटको रुपमा अनवार अरुदिनलाई ३४ रनमा गुमाएको हो ।
नेपाललाई तेस्रो सफलता सागर पुनले दिलाए । १७ औं ओभरको दोस्रो बलमा सागरले विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३० ओभर खेल्दै ७ विकेट गुमाएर १८८ रन बनाएको थियो ।