काठमाडौं । भारतले युएईमा हुने एसिया कप क्रिकेट रोहित शर्माको कप्तानीमा खेल्ने भएको छ । भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले एसिया कपका लागि शनिबार घोषणा गरेको टोलीमा रोहितलाई कप्तान चयन गरेको हो ।
भारतले नियमित कप्तान विराट कोहलीलाई विश्राम दिदै रोहितलाई कप्तान चुनेको हो । भारतीय टोलीको उपकप्तान शिखर धवनलाई दिइएको छ ।
यस्तै टिममा महेन्द्र सिंह धोनी, लोकेश राहुल, अम्बाती रायुडु, मनिष पाण्डे, केदार जादब, दिनेश कार्तिक, कुलदिप यादव, हार्दिक पाण्डय, युजभेन्द्र चाहाल, अक्षर पटेल, भुवनेश्वर कुमार, जस्प्रीत बुम्राह, सार्दुल ठाकुर र खालिल अहमेद रहेका छन् ।
एसिया कप युएईमा सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुनेछ । एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ ।
भारत समूह ए मा रहेको छ । यो समूहमा पाकिस्तान पनि रहेको छ । यो समूह एक टोली मलेसियामा जारी छनोटको विजेता रहनेछ ।