काठमाडौं । एसिया कप छनोट क्रिकेट अन्तर्गत घरेलु टोली मलेसियाविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।
बायुमास ओभलमा नेपालले दिएको १८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको मलेसियाले पहिलो विकेटको रुपमा शाफिक सारिफलाई ९ रनमा गुमाएको हो ।
नेपाललाई पहिलो सफलता सोमपाल कामीले दिलाएका हुन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३० ओभर खेल्दै ७ विकेट गुमाएर १८८ रन बनाएको थियो ।