एजेन्सी । विश्व फुटबलका सर्वकालिन महान खेलाडी हुन्, मेस्सी । विश्वभरी उनका करोडौ प्रशंसक र समर्थक छन् । उनको खेललाई पछ्याउछन्, मन पराउछन् ।
मैदानमा उनी शालिन देखिन्छन् । शान्त स्वभावका मेस्सी प्राय रिसाउदैनन् । तर उनको खेल शैली आक्रमक खालको हुन्छ । त्यही शैलीले उनले वर्तमान विश्व फुटबलमा आफ्नो दबदबा कायम राखेका छन् ।
मेस्सीको जिवनशैलीमा केही रोचक तथ्यहरु छन् । जुन तथ्य उनका प्रशंसकलाई पनि थाहा नहुन सक्छ । उनै मेस्सीका ५ रोचक तथ्य तपाईमाझ प्रस्तुत गर्दैछौ ।
खाने कुराको सोख :
सानो छँदा मेस्सी खानाको सौखिन थिए । जब उनी १३ बर्षका थिए, उनलाई बार्सिलोनाले आफ्नो क्लबमा अनुबन्ध ग¥यो । त्यती बेलासम्म उनी सबै थोक खाने गर्थे । खाना खाएको केहि बेरमा मेस्सी पुनः खाना खान तयार हुन्थे ।
मेस्सीको सेलिब्रेसन :
मेस्सीको अनौठौ सेलिब्रेसन तरिका छ । हरेक पटक गोल गरेपछि उनी किन दुवै हात आकाशमा उठाउदै इशारा गर्छन् ? यसको अर्थ हो, उनी हरेक गोल आफ्नी हजुरआमालाई समर्पित गर्ने गर्छन् । मेस्सी १० बर्षकी हुदाँ उनकी हजुरआमा बितेकी थिईन् । मेस्सीको फुटबल जिवनमा हजुरआमाको ठुलो महत्व छ । हजुरआमाले मेस्सीलाई स्कुलमा भर्ना गर्न निकै संघर्ष गरेकी थिईन् ।
मेस्सीका गज्जवको सोख :
मेस्सीको रुची र सोख ‘आलु’ जस्तै छ । जसरी आलु कुनैपनि परिकारमा सुहाउँछ, त्यसरीनै मेस्सीपनि कुनैपनि स्थान र परिवेशसंग मिल्ने गर्छन् । उनी खान, सुत्न र बच्चा जस्तै खेल्नमा सौखिन छन् । उनी हाल आफ्ना छोराछोरीसंग धेरै समय बिताउछन् ।
फोनमा मन पराउदैनन् मेस्सी :
उनी फोनमा कुरा गर्न मन पराउदैनन् । फोनमा कुरा गर्न उनलाई पट्क्कै जाँगर चल्दैन । फोनमा कुरा गर्न भन्दा तस्बिरको प्रयोग रुचाउछन उनी । कतै जानकारी दिन परे उनी एसएमएस र ह्वाट्सएपको प्रयोग गर्छन् ।
न्यापकिन पेपरमा हस्ताक्षर :
बर्सिलोनाका निर्देशक कार्लेस रेक्सचले मेस्सीलाई अनुबन्धन गर्न न्यापकिन पेपरको प्रयोग गरेका थिए । मेस्सीलाई देख्ने बित्तिकै उनी यति धेरै प्रभावित भए कि तत्कालै एक न्यापकिन पेपरको टुक्रामा हस्ताक्षर गर्दै बार्सिलोनाको एकेडेमीमा लैजान तयार देखिए ।
रेक्सच कुनै पनि हालतमा मेस्सीलाई गुमाउन चाहदैन थिए । मेस्सीलाई अरु क्लबमा जान नदिन उनले त्यसो गरेका थिए । मेस्सीलाई अनुबन्धन गराएको न्यापकिन पेपर अहिले बार्सिलोनाको संग्राहालयमा इतिहास बनेको छ ।