काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत घरेलु टोली मलेसियाविरुद्धको खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ ।
खेलको १३ औं ओभरमा नेपालले लगातार दुई विकेट गुमाएको छ । नेपालले अनिल शाह र सागर पुनलाई गुमाएको हो । अनिल शाह ३३ बलमा १६ रन बनाएरआउट भए लगत्तै सागर पुन शुन्य रनमै आउट भए ।
बायुमास ओभरलमा बर्षाको कारण ढिला सुरु भएका खेलमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो ।
नेपालले अहिले ५ विकेट गुमाएर ६१ रन बनाएको छ । नेपाल र मलेसियाबीचको खेल ३०–३० ओभरको हुनेछ ।