काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत घरेलु टोली मलेसियाविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
नेपालले तेस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई १३ रनमा गुमाएको हो । यसअघि नेपालले सुवास खकुरेललाई ९ रनमा गुमाएको थियो भने उपकप्तान ज्ञानेन्द्र मल्ललाई ११ रनमा गुमाएको थियो ।
बायुमास ओभलमा वर्षाको कारण ढिला सुरु भएको खेलमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।
नेपाल अहिले तीन विकेट गुमाएर ५६ रनको स्थितिमा छ । नेपाल र मलेसियाबीचको खेल ३०/३० ओभरको हुनेछ ।