काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत घरेलु टोली मलेसियाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपालले दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई ११ रनमा गुमाएको हो । यसअघि नेपालले सुवास खकुरेललाई ९ रनमा गुमाएको थियो ।
बायुमास ओभलमा वर्षाको कारण ढिला सुरु भएको खेलमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।
नेपाल अहिले दुई विकेट गुमाएर ३८ रनको स्थितिमा छ । नेपाल र मलेसियाबीचको खेल ३०-३० ओभरको हुनेछ ।