एजेन्सी । विश्वकप विजेता क्रिकेटर युवराज सिंहले सन्यास फिर्ता लिने निर्णय गरेका छन् । उनले पञ्जाब क्रिकेट संघ (पीसीए)को अनुरोधमा सन्यास फिर्ता लिने निर्णय गरेका हुन् ।
विश्वकप २०११ का प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी युवराजले गत बर्ष जुनमा क्रिकेटका सबै ढाँचाका क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।
पीसीएका सचिव पुनीत बालीले पञ्जाब क्रिकेटको फाईदाका लागि ३८ बर्षका युवराजलाई सन्यास फिर्ता लिन अनुरोध गरेका थिए ।
युवराजले भने, ‘सुरुमा यस अनुरोधलाई स्विकार गर्ने बारेमा निश्चित थिएन । मैले घरेलु क्रिकेट खेल्न बन्द गरिसकेको थिए । तर विश्वभरका बाँकी क्रिकेट खेललाई निरन्तरता दिन चाहन्थे । यदी मलाई बीसीसीआईबाट अनुमती मिल्थ्यो भने ।’
‘तर मैले मिस्टर बालीको अनुरोधलाई नकार्न सकिन । मैले यसमा धेरै सोचे । करिब तीनदेखि चार हप्ता यस्तै थियो । तर अन्तिममा मैले धेरै सोचेर समय लिने आवश्यक थिएन ।’ उनले भने ।
पञ्जावका शुभमन गिल, अभिषेक शर्मा, प्रभसिमरन सिंह र अनमोलप्रीत सिंहसंग पछिल्लो केही महिना नेटमा काम गर्दै आएका युवराजले यस खेलप्रतिको प्रेरणा र माया महशुश भएको बताए ।
सचिव बालीले युवराजले यस सम्बन्धमा बीसीसीआईका अध्यक्ष सौरव गांगुलीलाई पत्र लेखेका छन् । उनले भने, ‘मलाई थाहा छ, उनले सन्यास फिर्ता लिने बिषयमा बीसीसीआईका अध्यक्ष सौरव गांगुलीलाई एक पत्र लेखेका छन् ।’
‘हामी उनलाई टिममा चाहन्छौ । जसरी उनी युवा खेलाडीका मेन्टर रहेका छन् । मैले उनलाई आफ्ना जिन्दगीको केही अरु बर्ष पञ्जाब क्रिकेटलाई दिन अनुरोध गरेको छु ।’ उनले भने, ‘पञ्जाब क्रिकेटलाई उनको धेरै आवश्यकता छ । खेलाडी र मेन्टरको रुपमा उनीसंग दिनका लागि अझै धेरै चिज छ । मलाई थाहा छ उनले दुई हप्ता अघि बीसीसीआईलाई पत्र लेखेका थिए । सायद यसको जवाफ आईसकेको हुनुपर्छ ।’
गत मंगलबार एक समाचार अनुसार उनी बिग बास लिग खेल्न चाहेको बताईएको थियो । सोही अनुसार क्रिकेट अष्ट्रेलियाले उनका लागि टिम समेत खोज्न सुरु गरेको थियो ।
बीसीसीआईको नियम अनुसार सन्यास लिएका क्रिकेटरले मात्र विदेशी लिगमा खेल्न सक्नेछन् ।