काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टीको बलिङ वरीयतामा नेपालका सन्दीप लामिछानेको वरीयता खस्किएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीपको वरीयता एक स्थान खस्किएको हो ।
नयाँ वरीयतामा सन्दीप ८० औं स्थानमा रहेका छन् । उनले ३ सय ८९ रेटिङ अंक पाएका छन् ।
यस अघि सन्दीप ७९ औं स्थानमा रहेका थिए ।
बलिङ वरीयतामा अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा रहदा मुजिब उर रहमान दोस्रो स्थानमा रहेका छन् ।
अष्ट्रेलियाका एस्टन अगर तेस्रो, दक्षिण अफ्रिकाका ताब्रेज सामी चौंथो र अष्ट्रेलियाका एडम जाम्पा पाँचौं स्थानमा रहेका छन् ।
यस्तै नेपालका पूर्व कप्तान पारस खड्का ब्याटिङ वरीयताको ७० औं स्थानमा रहेका छन् । पारसले ४ सय रेटिङ अंक पाएका छन् ।
त्यस्तै इंग्ल्यान्डका डाविड मालन टी-ट्वान्टीको ब्याटिङ वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् । उनले पाकिस्तानका बाबर आजमलाई पछि पारेका हुन् ।
टी- ट्वान्टीको राष्ट्रिय वरीयतामा नेपाल १५ औं स्थानमा यथावत रहेको छ ।
नेपालको टी-ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो ।