एजेन्सी । एसी मिलानले इटालियन सिरी ए फुटबलको नयाँ सिजनको पहिलो जित दर्ता गरेको छ । शुक्रबार भएको खेलमा एसी मिलानले रोमालाई २ - १ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा सब्सिच्युड खेलाडी प्याट्रिक कट्रोन नायक बन्दा एसी मिलानले सिजनको पहिलो जित निकालेको हो । खेल १ - १ को बराबरी हुने स्थितिमा पुगेको बेला कट्रोनले निर्णायक गोल गरेका थिए ।
खेलको ८४ औं मिनेटमा मैदान छिरेका कट्रोनले खेलको इन्जुरी समयमा गोल गर्दै मिलानलाई २ -१ को जित दिलाएका हुन् ।
त्यसअघि खेलको ४० औं मिनेटमा फ्रान्क केसीईले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५९ औं मिनेटमा रोमाका फेड्रीको फाजियोले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याएका थिए ।
त्यसअघि खेलको दोस्रो हाफमा गोन्जालो हिगुईनले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले अफसाइड दिएको थियो ।
यो जितसंगै मिलानले २ खेलबाट ३ अंक जोडेको छ । यसअघि पहिलो खेलमा मिलान नेपोलीसंग ३ - २ ले पराजित भएको थियो ।
रोमाको यो पहिलो हार हो । रोमाले ३ खेलबाट ४ अंक जोडेको छ ।