काठमाडाै । एसिया कप छनोटको मलेसियाविरुद्ध नेपालको खेल बर्षाले प्रभावित बनेको छ । बायुमास ओभलमा निरन्तर बर्षा भएपछि अहिलेसम्म टसकाे निर्णय समेत हुन सकेको छैन् । सोही कारण खेल सुरु हुन ढिलाई भएकाे छ ।
नेपाली समय अनुसार बिहान सावाँ ७ बजे टसको समय निर्धारण गरिएको थियो ।
समुह चरणका सूरुवाती दुवै खेलमा पराजित भएको नेपाल गर वा मरको स्थितीमा छ ।
एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाल घरेलु टोलीलाई हराएर आफ्नो लक्ष्य जीवितै राख्न चाहन्छ । मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा समेत रहने छ । यसअघि नेपाल पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसंग पराजित भएको थियो ।
एसिया कप छनोटको शीर्ष दुईमा पुग्न नेपाललाई मलेसियाविरुद्ध जित्नै पर्ने दबाबमा रहेको छ । पराजय बेहोरेको खण्डमा नेपालको एसिया कप सपना सकिनेछ । नेपाल अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । र, अघिल्ला दुई पराजयले नेपालको एसिया कप एक कदम पछाडी सरेको छ ।
राउण्ड रोबिनको आधारमा जारी छनोटको शीर्ष दुई मध्येको एक टोलीले एसिया कपको टिकट काट्ने छ । अर्थात्, शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । फाइनलको विजेताले एसिया कप खेल्नेछ ।
तर, अघिल्ला दुई खेलको लगातार हारले नेपालको शीर्ष दुई सम्भावना कमजोर बनेको छ । र, नेपाललाई आफ्नो लक्ष्य प्राप्तिको सम्भावना कायम राख्न बाँकी तीन खेलमा शतप्रतिशत नतिजा निकाल्नु पर्ने भएको छ । त्यसैले नेपाल मलेसियालाई हराएर एसिया कप सम्भावना कायम राख्न चाहन्छ ।
घरेलु टोली मलेसियाविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन । किनकि मलेसियाले पहिलो खेलमै हङकङलाई हराएर आफु बलियो रहेको प्रमाणित गरिसकेको छ । तर, पछिल्लो पाँच भेटमा मलेसियासंग नेपालले हार बेहोर्नु परेको छैन । जसको कारण नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ ।
गर या मरको स्थितिमा रहेको नेपालले बाँकी रहेको ३ खेल मध्ये एक खेल गुमाए नेपालको एसिया कप सकिनेछ । ३ खेलमा शतप्रतिशत जित निकाले नेपालको सम्भावना रहन्छ । तर, अन्य टिमको प्रदर्शनमा नेपाल भर पर्नु पर्ने हुन्छ ।
नेपालले तीन खेलमा जित हात पारे नेपालको अंक ६ हुनेछ । तर, दुई खेलमा जित हात पारे मात्र ४ अंक हुनेछ । नेपालले ४ अंक जोडे स्वत प्रतियोगिताबाट बाहिरिनेछ । किनकी नेपाललाई हराउन सफल युएई र ओमानले तीन खेल बाँकी रहदै ४ अंक जोडिसकेको छ । यस्तै हङकङ र मलेसियाले पनि २/२ अंक जोडेको कारण नेपाललाई थप समस्या हुनेछ ।
यता, नेपालले तीन खेलमा जित हासिल गरेपनि नेपाललाई अन्य खेलको नतिजा अनुकुल बन्नु पर्नेछ । नेपालको शीर्ष दुईको लागि युएई र ओमानको खेल महत्वपूर्ण रहनेछ । शीर्ष दुई स्थानमा रहेका दुवै टोलीले बाँकी तीन खेल गुमाए र नेपालले शतप्रतिशत जित निकाले नेपालको फाइनल यात्रा तय हुनेछ । यदी दुवै टोलीले तीन मध्ये दुई जिते नेपालको सम्भावना सकिनेछ ।
नेपाल भर्सेस मलेसिया (हेड टु हेड)
मलेसियाविरुद्ध पछिल्लो पाँच एकदिवसीय खेलमा नेपालले पराजय बेहोर्नु परेको छैन । यस्तोमा नेपालले आजपनि मलेसियालाई हराउने अड्कल काटिएको छ ।
सन् २०१० (एसीसी एलिट ट्रफी) : नेपाल ८ रनले विजयी
सन् २०१० (विश्व क्रिकेट लिग डिभिजन-४) : नेपाल १० विकेटले विजयी
सन् २०१२ (एसीसी एलिट ट्रफी) : नेपाल २१ रनले विजयी
सन् २०१४ (एसीसी प्रिमियर लिग) : नेपाल ५ विकेटले विजयी
सन् २०१४ (विश्व क्रिकेट लिग डिभिजन-३ ) : नेपाल डिएलको आधारमा ३६ रनले विजयी